
पूर्णपुष्टि, जेठ ६ गते ।
विदेशबाट आउने नागरिकहरुकै कारण नेपाल कोरोनाको जोखिममा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
आगामी आर्थिक वर्षको बजेटको लागि संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको उत्तर दिँदै विदेशबाट आउनेहरु नै कोरोनाको स्रोत रहेको प्रधानमन्त्रि ओलीले बताउनुभयो ।
चीन, युरोप, अमेरिका, खाडी लगायतबाट आएकाहरुबाट सरेको भन्दा भारतबाट संक्रमित भएका र सारेका बढि जोखिमपुर्ण रहेको पनि बताउनुभयो । देशभरी रहेका क्वरेन्टीन र आइसोलेन विस्तार र सुधार भइरहेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।
