Wednesday, June 17News That Matters

विद्यालय हिँडेका ३ जना बालक बेपत्ता

पूर्णपुष्टि, भदौ २६ गते ।
शुक्रबार विद्यालय गएका तीन जना बालका बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका– ९ को नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने २ जना र नहरपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १ जना विद्यार्थी शुक्रबारदेखि बेपत्ता भएका हुनन् ।
बुटवल उपमहानगर ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार विद्यालय गएका थिए । उनीहरू विद्यालय जान भनेर घरबाट हिँडे पनि विद्यालयमा हाजिर नभएको र घरमा पनि नआएको परिवारका सदस्यहरू बताउँछन् ।
उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन् । विद्यार्थी सागर पौडेलका मामा राजु पन्थीले झोला बोकेर विद्यालयका उनीहरू सम्पर्कविहीन रहेकोले खोजि गर्न आग्रह गरिएको हो ।
उनीहरूमध्ये समीर लम्सालले शनिबार दिउँसो २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञात स्थलमा राखिएको जानकारी दिएका थिए । आफूहरूलाई अचेत बनाई ल्याएको र दिउँसो २ बजेपछि मात्रै होस खुलेर म्यासेन्जरमा सम्पर्क गरेको उनले बताएका थिए ।
इलाका प्रहरी कार्यालय बुटवल प्रहरीकाअनुसार परिवारको निवेदन अनुसार हराइरहेका विद्यार्थीको खोजि जारी रहेको जनाएको छ ।