Saturday, April 25News That Matters

विप्लवको केन्द्रीय सदस्य उमा पक्राउ

पूर्णपुष्टि, जेठ २१ गते ।

नेत्रविक्रम चन्द (विप्लव) समुह नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो ।

गोरखा प्रहरीले भुजेलविरुद्ध यसअघि नै जिल्ला अदालत गोरखामा अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । त्यही मुद्दाको थप काननी प्रक्रियाको लागि आज जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

गत पुस दोस्रो हप्ता भुजेललाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो । विभिन्न जिल्लामा रहेका मुद्दाको कानुनी प्रक्रियाका क्रममा पछिल्लो पटक कैलाली प्रहरीको नियन्त्रणमा थिईन् ।