Wednesday, June 17News That Matters

विमानमा परिचारिका माथि दुव्र्यवहार गरेको आरोपमा पाईलटलाई जहाज उडानमा रोक

पूर्णपुष्टि,फागुन १५ । नेपाल वायुसेवा निगमले विमानमा परिचारिकालाई दुर्व्यवहार गरेको आरोपमा पाईलटलाई जहाज उडाउन रोक लगाएको छ । २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि दुर्व्यवहार गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा उजुरी परेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले विमान चालकद्वारा परिचारिकामाथि दुर्व्यवहारको उजुरी परेपछि प्राधिकरणले सो चालक दलका पाइलटलाई उडानमा रोक लगाएको जानकारी दिए । निरौलाले भने ‘विमान परिचारिकामाथि दुर्व्यवहार भएको कुराको सत्यतथ्य बुझ्न हामीले वायुसेवा निगमलाई खबर गरेका छौँ, उक्त उडानका सबै सदस्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल उडानमा रोक लगाएको छ ।’उक्त घटनाको छानबिन नसकिन्जेल चालक दलको नाम नखुलाउने प्राधिकरणले जनाएको छ ।