
पूर्णपुष्टि, असोज २३
मोरङको विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला कारागारमा रहेका २० वर्षीय बन्दीको शुक्रबार बिहान सवा १० बजे कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
हिजो बिहान साढे ७ बजे भर्ना भएका युवकमा बेलुका ९ बजे कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा नै रहेको अवस्थामा आज बिहान सवा १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेको जनाईएको छ ।
यहि असोज १५ मा कारागारमै रहेका २७ वर्षीय पुरुषको मृत्यु भएको थियो । ९ सय १८ जना कैदी बन्दी रहेको कारागारमा ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

