
वैशाख ११
विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएकोे छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये दुई जनाको ज्यान गएको हो ।
शनिबार बिहान विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुष र शनिबार बेलुका करिब ५ बजे विराटनगर महानगरपालिका–१७ की ७० वर्षीय महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।
मृतक महिला शुक्रबार कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएको थियो । श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी महिलाको अवस्था गम्भीर थियो ।
इनरुवामा बस्दै आएका पुरुषलार्ई उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको थियो । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
