Saturday, April 18News That Matters

विर्तामोडको वडा कार्यालयमा बम विस्फोट

झापा, साउन २७ गते ।

विर्तामोड नगपालिकाको तीन वटा वडा कार्यालयमा अज्ञात समूहल बम विस्फोट गराएको छ । विहान साढे ४ बजे पालिकाको ७,८ र ९ नम्बर वडा कार्यालयमा विस्फोट गराई गराइ क्षति पुर्याएका प्रहरीले जनाएको छ ।

तीन वटा वडाको कार्यालय एउटै भवनमा रहेका थियो । उक्त भवनमा विस्फोटबाट ६ ओटा झ्याल, भित्र रहेका फर्निचर र पर्खालमा क्षति पुगेको जिल्लाका प्रहरी कार्यालय झापाले जनाएको छ ।

एकाविहानै ठुलो आवाज आएपछि प्रहरी चौकी गरामनीबाट प्रहरी टोली घटना स्थल पुगेको प्रहरीले जनाएको छ ।  घटना स्थलमा विष्फोटक वस्तु फेला नपरेको र बृस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।