Thursday, May 21News That Matters

विश्व बैंकको सहयोगमा त्रियुगामा १४ किलो मिटर पक्की सडक निर्माण हुने

पूर्णपुष्टि, बैशाख २७ ।
उदयपुरको सदरमुकाम गाईघाटमा विश्व बैंकको सहयोगमा १४ किलो मिटर सडक कालोपत्रे बन्ने भएको छ । नेपाल शहरी शासकिय पूर्वाधार आयोजना अन्तर्गत सडक पक्की सडकको निर्माण हुने भएको हो । बिहिबार त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले उक्त सडक निर्माणका लागि सिल्यान्यास गरेको छ । गाईघाटस्थित मेन चोकमा वडा नं १०, ११, १२ र १३ मा निर्माण हुने शहरी सडक आयोजनाको शिलान्यास मेयर बस्नेतले गरेका हुन् ।

उनले विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको साढे १४ किलो मिटरको सुव्यवस्थित सडकको शिलान्यास गर्न सफल भएको बताएका छन् ।

आफु निर्वाचित हुन अघि जंगलको सडकमा प्रस्तावित गरिएको यो आयोजना विश्व बैंकले उक्त सडकमा लगानि गर्न नसिकने भन्दै रेजेक्ट गरिदिएको मेयर बस्नेतले बताए । त्यसपछि आफु निर्वाचित भएर आए पश्चात नयाँ प्रोजेक्ट र ठाउँ छान्ने जिम्मेवारी प्राप्त भएको उनले बताए ।

कार्यपालिकामा वृहत छलफल गरी नगरपालिकाको केन्द्रलाई राम्रो सफा, सुन्दर र आकर्षक बनाउनु पर्छ भन्ने उदेश्यले वडा नं १०, ११, १२ र १३ को विभिन्न सडकलाई बनाउने निर्णय लिएको उनले बताए । त्यसपछि ८ मिटर देखि २५ मिटर सम्मको सडक निर्माण गर्ने सहमति विश्व बैंक सँग भएको र नियुक्ति भएको कनसलटेन्सिले प्रस्ताव गरेका सडकहरुको डिपिआर तयार गरेको बताए ।

निर्माणको काम चाढैँ सुरु हुने उनले बताए । त्रियुगा नगरपालिका सडकमा सम्पन्न हुने वडा अध्यक्ष तथा राजनितिक दलका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्दै खु स् सी व्यक्त गरेका थिए । ११ नं का वडा अध्यक्ष सुमन्त कोईरालाले आफु निर्वाचनमा होमिदा १५ दिनमा पिपल चोकको सडक निर्माण गर्ने प्रतिवद्धता जनाएतापनि त्यतिबेला बजेट सडक टाटुल गर्न मात्र पुग्ने भएकोले सडक मर्मत नगरेको बताए । उक्त विषयलाई लिएर सञ्चार माध्यमले समाचार प्रकाशन गरेको थियो ‘उनले भने’ विश्व बैंकको सहयोगमा १५ महिनामा सम्पन्न गर्नु पर्ने सडकको सम्झौता दुई प्याकेजमा रहेको छ ।