Tuesday, May 5News That Matters

विश्वको १० धनिमा अमेरिकाको बर्चश्व

पूर्णपुष्टि, १७ असार ।
फोर्ब्सको धनी व्यक्तिहरूको सूचिमा अमेरिकी धनाढ्यहरूको बर्चश्व रहेको छ । विश्को १० धनाड्यमध्ये अमेरिकाको मात्रै ८ जना रहेको छ । फोर्ब्सले सार्वजनिक गरेको संसरकै सबैभन्दा १० धनी व्यक्तिहरूको सूचिमा ८ जना अमेरिकाका रहेको खुलेको हो। फोर्ब्सको ‘द रियल(टाइम बिलेनियरी लिस्ट’ नियमित अद्यावधिक भइरहन्छ ।

जुन १, २०२३ को बिहानसम्म यो सूचिको पहिलो नम्बरमा टेस्लाका सीईओ एलन मस्क रहेका छन्। जेफ बेजोस दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा फ्रान्सका बर्नार्ड अर्नाल्ट र उनको परिवार रहेको छ ।
सूचिमा अमेरिका बाहिरबाट फ्रान्स र मेक्सिकोका केवल दुई डलर अर्बपतिहरू मात्र समेटिएका छन् । यी धनीहरूको कुल सम्पत्ति संसारका धेरै देशहरूको कुल ग्राहस्थ उत्पादन ९जीडीपी० भन्दा बढी छ ।

विश्वको १० धनिमा हाल एलन मस्क, बर्नार्ड अर्नोल्ट, जेफ बेजोस, ल्यारी एलिसन, बिल गेट्स, वारेन बफेट। ल्यारी पेज, स्टीभ बाल्मर, कार्लोस स्लिम हेलु, मार्क जुकरबर्ग रहेका छन् । यी मध्य सबै ८ जना भने अमेरिकाकै व्यक्तिहरु रहेको छ ।