Friday, May 22News That Matters

विश्वमा एकैदिन २ लाख ३० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार २९

विश्वमा एकै दिन २ लाख ३० हजार ३ सय ७० जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि २ लाख २८ हजार १ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा सङ्क्रमण तीव्र हुँदा दैनिक थपिने सङ्क्रमितको संख्या धेरै भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हिजो अमेरिकामा १ लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, यूरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् ।

हिजो विश्वभर कोभिड–१९ बाट ५ हजार २ सय ८५ जनाको मृत्यु भएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको संगठनले जनाएको छ ।

विश्वभर सङ्क्रमितको सख्या १ करोड ३० लाखभन्दा धेरै पुगेको संगठनले जनाएको छ ।