Monday, June 1News That Matters

विश्वमा कोरोना संक्रमितको ५४ लाख भन्दा बढी

पूर्णपुष्टि, जेठ ११ गते । 

विश्वका विभिन्न देशमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित ५४ लाख नाघेको छ । अहिलेसम्म विश्वमा ५४ लाख ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएईसकेको छ ।

उक्त संक्रमितमध्ये २२ लाख ४७ हजार २ सय ३४ जना उपचारपछि निको भएको वल्डओमिटरले जनाएको छ । अहिलेसम्म संक्रमणका कारण ३ लाख ४३ हजारभन्दा बढी मृत्यु भएको जनाईएको छ ।

अमेरिकामा मात्रै १६ लाख ६६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने साढे ९८ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा साढे  ६ हजारभन्दा बढी थप नयाँ कोरोना संक्रमित थपिएसँगै १ लाख ३१ हजार ४ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा ३ हजार ८ सय ६८ जनाको मृत्यु भईसकेको छ ।