Wednesday, April 22News That Matters

विषादीको बढ्दो प्रयोगले स्वास्थ्यमा चुनौती

पूर्णपुष्टि, असार २१ । नेपालमा विषादीको प्रयोग बढ्दै गएको छ। बाली उत्पादन वृद्धि र नयाँ रोग तथा किरा नियन्त्रणका लागि यसको प्रयोग बढेको देखिन्छ। पछिल्लो पाँच वर्षमा विषादी पञ्जीकरण र आयात क्रमशः ८६.८३५ र ४६.३५ ले बढेको छ।

विज्ञहरूका अनुसार विषादीयुक्त खाद्यपदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। क्यान्सर, रक्त सम्बन्धी रोग, नसा, छाला र श्वासप्रश्वास सम्बन्धी समस्याहरू देखा पर्न सक्छन्। यसले कलेजो, पाचन प्रणाली, मस्तिष्क, मुटु र मिर्गौलामा पनि असर गर्न सक्छ।

तथ्यांक अनुसार नेपालका करिब २,००० वडाका बासिन्दाहरू विषादीको प्रयोग र असरबारे सचेत छैनन्। यस्तो अवस्थामा विषादीको सुरक्षित प्रयोगबारे जनचेतना बढाउनु आवश्यक छ। नेपालले विषादी आयातमा वार्षिक अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ। विषादीको सुरक्षित प्रयोगका लागि उचित सुरक्षात्मक उपकरण प्रयोग गर्ने र निर्देशनहरू पालना गर्ने जस्ता सावधानीहरू अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्।