Friday, May 1News That Matters

विस्फोटक पदार्थ सहित २ युवक पक्राउ

पूर्णपुष्टि, जेठ २३ । संखुवासभामा विस्फोटक पदार्थ सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–९ तुम्लिङ्गटारका २७ वर्षीय विकास कुमाल र २७ बर्षीय वसन्त कुमाल रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार विशेष सुचनाको आधारमा सोमबार दिउँसो साढेँ ११ बजेको समयमा चैनपुर नगरपालिका–११ सभामा अस्थायी प्रहरी पोस्ट सभाखोलाले पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले १७ प ११८९ नंको मोटरसाइकल चेकजाँच गर्दा डेटोनेटर, इमल्सन एक्सप्लोसिभ लेखिएको विस्फोटक पदार्थ २ सय ग्राम र बारुद १०० ग्राम बरामद गरेको हो ।

विस्फोटक पदार्थ बरामद भएसँगै उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको छ । मुलुकी फौजदारी अपराध संहिताको विस्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।