Wednesday, June 10News That Matters

व्यापारी र सुरक्षाकर्मीलाइ एक्कै साथ अनुशिक्षण

पूर्णपुष्टि, असोज ११ गते ।

राजस्व अनुसन्धान कार्यालय इटहरीको सहयोग तथा त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटको आयोजनामा उदयपुरका ब्यापारी तथा चेकजाँचमा खटिने सुरक्षाकर्मीहरुलाई मालबस्तु तथा ढुवानी साधन अनुगमन प्रणालीबारे आज गाइघाटमा जानकारी गराइएको छ ।बढ्दो कालाबजारी, ठगी, राजस्व छली जस्ता कुरालाई निरुत्साहित गर्न ब्यापारी र सुरक्षाकर्मीलाई एकै ठाउँमा राखेर नया प्रबृत्ति बारे जानकारी दिइएको हो । साथै चेकजाँचको प्रणाली बारे प्रशिक्षण समेत गरिएको थियो । यसबारे जानकारी नहुँदा ब्यापारी मात्र नभई सुरक्षाकर्मीसमेतले दुःख पाउने गरेका छन्।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनालले इमान्दार ब्यापारीका लागि यो सिस्टम सहयोगसिद्ध हुने बताए ।ब्यवसायिक प्रायोजनका लागि सरकारले ल्याएको यस सिस्टमले कारोवारको अभिलेखसमेत अपडेट गर्ने उनले बताए । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले ब्यापारीहरुलाई कानुनी झन्झट आई नलागोस् र कानुनी कुरामा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम बाणिज्य सङ्घको सभाहलमा गरिएको थियो ।