Friday, May 22News That Matters

शव व्यवस्थापन गर्न स्थानीयको विरोध

पूर्णपुष्टि, असार ११

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यावस्थापन गर्न पोखरामा स्थानीयले विरोध प्रदर्शन गरेको छ । शव व्यवस्थापनमा स्थानीयले रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक पुरुषको शव पोखरा महानगरपालिका ३२ को सेती नदी किनारमा गाड्ने निर्णय भएको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै घाट नजिकै टायर बालेर प्रदर्शन गर्दै अवरोध जनाएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

झडपमा केही स्थानीय घाइते भएका छन् । विरोध प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विरोधकै बीच नेपाली सेनाको शव व्यवस्थापन टोलीले सेती नदी किनारमा शव व्यावस्थापन गरेको छ ।