
पूर्णपुष्टि, १२ चैत्र ।
उदयपुरमा सुनकोशी नदीमा बेपत्ता परेका तिन बालवालिका अझै फेला परेका छैन । आईतबार करिब ३ बजेको समयमा होली खेल्दै कोशी पुगेका त्रियुगा नगरपालिका १४ साउनेका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर अझै फेला नपरेको वडा अध्यक्ष हिमराज मगरले जनाए। अध्यक्ष मगरका अनुसार उनिहरुको निरन्तर खोजी कार्य भैरहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीका अनुसार उदयपुरबाट प्रहरी र शसस्त्र प्रहरीको गोताखोर टोली खोजी कार्य तर्फ घटना स्थल गएको जनाएको छ । नेपाल प्रहरीको ६ जना र सशस्त्र प्रहरीको ९ जना गरी जम्मा १५ जना गोताखोर टोली समेत खोजी कार्यको लागि खटिएको डिएसपी चौधरीले जनाए ।
