Monday, June 29News That Matters

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

धनकुटा,बैशाख ९ गते ।

धनकुटा छथरजोरपाटी–४ पानी ट्याङ्की निबासी ४७ बर्षीय ईन्द्रबहादुर लिम्बुको श्रीमतीको कुटाईबाट मृत्यु भएको छ ।

सोमबार विहान करिब ७ बजे श्रीमान श्रीमती विच घरायसी बिषयमा वादबिबादपछि झगडा हुदा  श्रीमती धनमाया लिम्बुले ईन्द्रबहादुरलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार  गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ  ।

घटनामा संम्लग्न धनमायालाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाएको जिप्रकाले जनाएको छ ।