
पूर्णपुष्टि, भदौ ८
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान ४ बर्ष पछी पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरीको ईनरुवा नगरपालिका–४ को ३५ बर्षीय बिनोद कुमार खत्वे रहेका छन् ।
२०७४ साल जेष्ठ ४ गते राती २३ बर्षीय श्रिमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ खत्वेलाई पक्राउ गरेको हो । पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
