
पूर्णपुष्टि, भदौ ११
झापामा श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–६ स्थित चन्द्रबस्तीका ४० बर्षीय नाईके हास्दा रहेका छन् ।
उनले आफ्नै ३५ वर्षीय श्रीमती तालामाईको शुक्रबार राती १०:१० बजेको समयमा कोखमा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका नाईकेको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
