Tuesday, June 9News That Matters

श्रीमतीको हत्या गरी फरार श्रीमान झुण्डिएको अवस्थामा शव फेला

पूर्णपुष्टि, पुष २३

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । उभरकोटीले आफ्नै श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको उभरकोटी बुधबार मृत फेला परेको हो ।

गत पुस ९ गते मध्यरात श्रीमतीको हत्या गरी फरार रहेका उभरकोटीको शव घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा मृत भेटीएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पात्ले कटुसको रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको भनाई रहेको छ । शव परीक्षण फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।