
पूर्णपुष्टि, बैशाख २५ । झापामा श्रीमानको हत्या आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका ३ की ४५ बर्षीया सनिता कार्की रहेकी छन् ।
उनीमाथि आफ्नै श्रीमान ५३ बर्षीय टेक बहादुर कार्कीको हत्या गरेको आरोप छ । श्रीमान र श्रीमती बिच यही बैशाख ८ गते घरायसी बिषयमा बादबिबाद हुँदा श्रीमतीको कुटपिटबाट घाईते भएका कार्कीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचार पश्चात घर ल्याएको कार्कीको बैशाख २४ गते बिहान घरमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मृत्यु भएपछि ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनिता कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्कीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
