Friday, May 29News That Matters

श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्न फोनिज उदयपुरको ७ दिने अल्टिमेट पत्र

पूर्णपुष्टि, १५ फागुन ।
नेपाल आदिवासी जनजाती पत्रकार संघ (फोनिज) उदयपुरले पत्रकार माहासंघ उदयपुरलाई ७ दिने अल्टिमेट पत्र बुझाएको छ । सत्य तथ्य इतिहाँस र प्रमाणको आधारमा नेपाल पत्रकार माहासंघको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठलाई कायम गर्न माग सहित अल्टिमेट पत्र बुझाएको हो । ७ दिन भित्रमा श्रेष्ठलाई संस्थापक अध्यक्ष कामय नगरे कडा आन्दोलनमा उत्रिने फोनिज उदयपुरका अध्यक्ष इश्वर बलम्पाकी मगरले जनाए ।

बाराम्बार नेपाल पत्रकार महासंघलाई गलत इतिहाँसको त्रुटि सच्याई सत्यताको आधारमा संस्थापक अध्यक्षको रुपमा कायम गर्न सुझाएपनि सुनुवाई नभएपछि ७ दिने अल्टिमेट दिईएको हो । फोनिज उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कालाई अल्टिमेट पत्र बुझाएको छ । पत्रकार महासंघ उदयपुर मार्फत फोनिजले केन्द्रमा अल्टिमेट पत्र बुझाएको हो ।

प्रमाण र इतिहाँसहरुको आधारमा सत्यनारायण श्रेष्ठले २००८ बैशाख ९ गते पत्रकारहरुलाई संगठित गराउने काम गरेको पत्रमा उल्लेख गरिएको छ भने २०१२ सालमा भने नेपाल पत्रकार संघ पूनर्गठित हुदा कृष्ण प्रसाध भट्टराई संस्थापक अध्यक्षको रुपमा रहेको पत्रमा उल्लेख छ । ८ सालमै पत्रकार संगठित गर्ने श्रेष्ठलाई लत्याउँदै गलत इतिहाँस जिउँदो बनाउन खोजेको फोनिजको आरोप छ । ७ दिन भित्र श्रेष्ठलाई संस्थापक अध्यक्ष नबनाएमा केन्द्र सहित देशैभर पत्रकार महासंघमा ताला लगाउने फोनिको तयारी रहेको छ । पत्र बुझ्दै महासंघका अध्यक्ष भरत खड्काले तत्काल केन्द्रमा जानकारी गराउने जनाए ।