
पूर्णपुष्टि, चैत १४ ।
श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिलिप कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट स्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।
