Thursday, June 18News That Matters

संयुक्त सघर्ष समितिद्धारा लाजेहाङको परिवारलाई राहत हस्तान्तरण

पूर्णपुष्टि, चैत १२ । कोशी प्रदेश खारेजीको माग सहितको आन्दोलनको क्रममा प्रहरीको कुटपिटबाट मृत्यु भएँका पदम लिम्बु लाजेहाङको परिवारलाई संयुक्त सघर्ष समितीले राहत प्रदान गरेको छ ।

कोशी प्रदेशको पुन : नामङ्कन संयुक्त संघर्ष समितिले मृतक लाजेहाङको घर मोरङको बेलबारी २ लालभिक्तिमा पुगेर राहत स्वरुप १ लाख ५० हजार रुपौया हस्तान्तरण गरेको हो । संघर्ष समितिको घटक संस्था किरात याक्थुङ चुम्लुङका संघिय अध्यक्ष प्रेम येक्तेनले परिवारका सदस्यलाई राहत रकम हस्तान्तरण गरेका हुन । उनले पहिचानको आन्दोलनमा साहदत्त प्राप्त गरेका लाजेहाङलाई राज्यले सहिद घोषणा गर्नु पर्ने बत्ताए। लाजेहाङले पहिचानको आन्दोलनमा दिनु भएको योगदानको सदैव उच्च मूल्याङ्कन हुने समेत उनले बताए ।

गत चैत्र ५ गते विराटनगरमा भएको जनप्रदर्शनको क्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका ४२ वर्षीय लाजेहाङको उपचारका क्रममा बिपी प्रतिष्ठन धरानमा मृत्यु भएको थियो । उनी संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मञ्चको सचिवालय सदस्य तथा लिम्बुवान भोलेन्टियर्स (एलभी) को केन्द्रीय सह कमाण्डर रहेका थिए ।