Monday, April 20News That Matters

सगरमाथा राजमार्गको अवरोध हट्यो, यातायात सञ्चालन

पूर्णपुष्टि/उदयपुर, असोज २१ ।
निरन्तर वर्षाले अवरुद्ध सगरमाथा राजमार्ग अवरोधहरु हटाएसंगै सञ्चालनमा आएको छ । गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्गको गाईघाट–फेक्सिन्टार सडकखण्ड हिजो सबै अवरोध हटाएपछि सञ्चालनमा छ । फोक्सिन्टारदेखि दिक्तेलसम्मको सडक पनि आजबाट सञ्चालन हुनेछ ।
बर्षातले बाटोहरुमा भेल, पहिरोले क्षती पुर्याउनुका साथै ढुंगा, माटो, रुखले अवरोध गरेको थियो । सो राजमार्गको अँधेरीमा पहिलोले सबैभन्दा बढी अवरोध पुर्याएको थियो । हिजोसम्ममा सबै अवरोधहरु हटाइसकिएको छ । अवरोध हटाइएसैगै सवारी साधन चलेका छन् । गाईघाटदेखि फोक्सिन्टारसम्म आजदेखि बससमेत सञ्चालनमा रहेको जनाइएको छ ।