
पूर्णपुष्टि, असार २७ । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल घुससहित पक्राउ परेका छन् । अधिकृत पोखरेललाई एक लाख रूपैयाँ घुस रकम लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुससहित नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ।
पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्। पक्राउ पोखरेलमाथि थप अनुसन्धान अघि बढाएको आयोगले जनाएको छ ।
