
पूर्णपुष्टि, असार २७ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेको लागी तय गरिएको बैठक प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको निधन भएपछि स्थगित भएको हो ।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको जानकारी दिएका छन् । उनले कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन्।
