Monday, May 4News That Matters

आजको राष्ट्रिय सभा बैठक स्थगित

पूर्णपुष्टि, असार २७ । आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाईएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो । बिहिबार १० बजेसम्मका लागी बैठक स्थगित गरिएको छ ।

विशेष कारण भनिए पनि आज बिहान प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बताएको छ । दुर्लभ खालको पिएसपी रोगले पिडित रहेकी दाहालको बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । यो रोग एक लाख मानिसमध्ये ५–६ जनामा मात्र देखिन्छ ।