
उदयपुर, माघ १९ गते ।
उदयपुरमा एक जनाले सनराईज स्वास्थ्य विमा योजना अन्र्तगतको विमा दावी रकम साढे ४३ हजार पाएको छ । त्रियुगा नगरपालिका–१२ निबासी निलम श्रेष्ठले स्वास्थ्य विमा योजना अन्र्तगत विमा दावी रकम अनुसार ४३ हजार चार सय १४ रुपैयाँ पाएको हो ।
सनराईज बैंकमा बचत खाता खोली कारोबार गर्ने ग्राहकहरुलाई बैंकले एक लाखसम्म निःशुल्क स्वास्थ्य विमा गरिदिने गरको सनराईज वैंक शाखा कार्यालय गाईघाटले जनाएको छ । सन् २०१७ सेप्टेम्बरमा खाता खोलेका श्रेष्ठ केहि महिना अगाडी विरामी भएको थियो । उपचार खार्चको विलसहित स्वास्थ्य विमा अन्र्तगत दावी गरेको ४५ हजार रुपैयाँमा ४३ रकम प्राप्त गरेको सनराईज बैंक शाखा कार्यालय गाईघाटका कर्जा शाखाका कर्मचारी प्रकाश खतिवडाले बताए ।
वैंकमा बचत खाता खोली कारोबार गर्ने ग्राहकहरुको स्वास्थ्य विमा अन्र्तगत विरामी हुदा लागेको उपचार खर्च खातामा कारोबार गरेको वार्षीक औसत मौजदातको २५ प्रतिशतसम्म या एक लाखमा नघट्ने गरी बैंले दिने गरेको खतिवडाले बताए ।
शाखा कार्यालय गाईघाटबाट श्रेष्ठसँग तीन जनाले विमा दावी रकम भुक्तानी पाएको कार्यालयले जनाएको छ । भने हरेक बचत खाता खोली कारोबार गर्ने ग्राहकहरुले सो सुविधा पाउने खतिवडाले बताए ।
