
पूर्णपुष्टि, ७ असार ।
उदयपुरको बेलका र सुनसरीको बाराह सिमाना बिचमा रहेको सप्तकोशीमा पानीको बहाव बढ्न सुरु गरेको छ । बर्खाको सुरुवातमै यस कोशीले कटान समेत सुरु गर्दा बेलकाका कयौँ वस्तीहरु जोखिममा परेको छ । बेलका ८ का वडाअध्यक्ष जय कुमार राईका अनुसार कोशी कटानले ८, ३, ९ र २ लाई क्षती पुराउने अवस्था देखिएको छ ।
अध्यक्ष राईका अनुसार यसलाई तत्काल समधान नगरे बस्ती जोगाउन निकै चुनौती हुने जनाए । उनले तत्कालको लागि भने सामान्य थुनछेकका काम गरिरहेको जनाए । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नदीलाई दिर्घकालीन रोकथाम गर्न राष्ट्रिय गौरवकै योजनाहरु तय गर्नु पर्ने जनाए । यसलाई दरिलो बनाउनका लागि सामान्य बजेटले सम्भव नहुने जनाएको छ ।
उनले तत्कालै बलियो रोकथामका लागि बजेट अभाव रहेको हुनाले यसले वस्तीलाई जोखिम बनाउन सक्ने प्रजिअ गौतमको भनाई छ । यसवारे भने जिल्ला विपद व्यवस्थापन र सम्बन्धित निकायहरु सँग पनि बैठक गरी समधानको बाटो खोज्ने जनाए । स्थानीयहरुले कोशी बढेसँगै आफुलाई रातमा निन्द्रा नलाग्ने गरेको जनाए । उनिहरुले कोशी कटानले गर्दा आफुहरुलाई रात दिनै छोराछोरी र वस्तीको चिन्ता लाग्ने जनाए । कसरी हुन्छ कोशीलाई ठेगान लगाईदिनुस् । मर्न कस्लाई मन हुनछ र ? स्थानीय सरिता पौडेलले भनिन् ।

