
पूर्णपुष्टि, साउन १९
सप्तोकोशी नदिले बाध भत्काएर गाउँपस्दा बेलका नगरपालिकाका ४ वटा वडा बढी प्रभावित भएका छन । वार्ड नं. २, ३, ८ र ९ जलमग्न भएका छन ।बेलका नगरपालिकाका २० हजार नागरिक प्रभावित भएका छन ।
ठुलो संख्यामा नागरिक प्रभावित भएपछि हालसम्म तेईस सयको मात्र उद्धार गरिएको छ । डुवान भई विस्थापित भएकालाई नगरपालिकाले ग्यास चुलो, दाल, चामल, तेल लगाएतका समाग्री प्रदान गरेको छ । नगरपालिकाले कोशी जन्ता माध्यामिक विद्यालय, आदर्श आधारभुत विद्यालय, कोशी मा.वि, नमुना गाईफर्म लगाएतका स्थानमा प्रभावितलाई राखेको छ ।
