Wednesday, April 22News That Matters

सप्तकोशी नदीको जलसतह वर्षकै उच्च, ३४ ढोका खोलियो

पूर्णपुष्टि, असार २२ । सप्तकोशी नदीमा जलसतह यस वर्षकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। शनिबार दिउँसो ३ बजे कोशी ब्यारेजमा २ लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरिएको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।

जलसतह बढेसँगै कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन्। आज बिहान ४ बजे १ लाख २४ हजार ४६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको थियो। केन्द्रका कर्मचारी अमित यादवका अनुसार पहाडी क्षेत्रमा निरन्तर वर्षा भएकाले कोसी नदीमा जलसतह उच्च भएको हो। तर हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको उनले बताए। स्थानीय प्रशासन र सुरक्षा निकायहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन्। नदी किनारका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।