Friday, May 1News That Matters

सप्तकोशी ब्यारेजको २४ ओटा ढोका खोलियो, आसपासको बासिन्दालाई सुरक्षित रहन प्रशासनको आग्रह

पूर्णपुष्टि, असार १८

लगतार बर्षाको कारण सप्तकोशीमा पानीको बाहव बढेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशी नदीको जलस्तर बढेको हो ।

कोशीको पछिल्लो मापन अनुसार नदीको बहाबमा निरन्तर वृद्धि भैरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाब मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् ।

सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिले सम्म तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ ।

प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ । निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाब जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।