
पुर्णपुष्टि, १२ बैशाख ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्बी राम कुमार खत्रीले नेपालमा उद्योग र उद्यमीहरुको आवश्यक रहेको जनाएको छ । समृद्ध नेपालको कुरा उठिरहँदा उद्योग तथा उद्यमीहरुको महत्व रहेको खत्रीले जनाएको हो । गाईघाटमा सुरु भएको प्रदेश स्तरीय औद्योगिक महोत्सव तथा रैथाने खानाको क्रममा बोल्दे मन्त्री खत्रलिे ठुला तथा साना मझौला उद्योगहरु नेपालमा अत्यावश्यक रहेको जनाए । सोही उद्योगबाटने नेपाल र नेपालीको समृद्ध यात्रा सफल हुने खत्रीको बुझाई छ ।
घरेलु तथा साना उद्योग र मझौला उद्योगले नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुराउने भन्दै यसको ज्यादै महत्व रहेको उनले जनाए । मन्त्री खत्रीले अबको दिनहरुमा बजेट निर्माण गर्दा त्यस्ताखाले उद्योगहरुलाई प्राथामिकतामा राखेर बजेट बनाउने समेत जनाएको छ । प्रमुख अतिथिको रुपमा महोत्सव उद्घाटन समेत गरेका खत्रीले स्टलमा देखिएको सबै सामाग्रीहरु स्थानीय तथा रेथाने उत्पादित वस्तुहरु रहेको जनाए । यी सामानेल नेपालमा पर्यटनलाई समेत आकार्षण गर्नुका साथै दैनिक जिवनमा प्रयोग गर्न सकिने हुँदा आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने जनाए । खत्रीले महोत्सव आयोजक टिमलाई हार्दिक धन्यवाद समेत दिएको छ ।
