Monday, April 20News That Matters

सम्पादकीय : सरकारकाे सहि अनुमान

पूर्णपुष्टि/उदयपुर, असाेज २० । 

यसपटक सरकारकाे माैसमी अनुमान मिलेकाे मान्न सकिन्छ । असाेज १६ देखि २० गतेसम्म देशमा भारी वर्षा हुन्छ भन्थ्याे, भयाे । उच्च सतर्कता अपनाउन नागरिकलाई आव्हान गर्याे । तर, बाढी/पहिराेमा ५३ जनाले ज्यान गुमायाे हजाराैं विस्थापित भए । याे दुःखद छ । तथापी नागरिकलाई त्यतिकाे पूर्व सुचना र सतर्कता अपनाउन नलगाएकाे भए, अझ धेरै भनजनकाे क्षती हुने थियाे । अब जनघाती वर्षा टर्याे भन्याे, त्याे पनि मिल्याे ।
यसरी सरकारले बेलैमा सहि अनुमान, विश्लेषण गरेर सुचित र सतर्कता गराए, सम्भावित ठुलाे धनजनकाे क्षतीबाट जाेगिन सकिन्छ ।
याे विपत्तिमा सरकारले गरेकाे उद्धार कार्य, संयन्त्र परिचालन र खटाई नराम्राे भन्न सकिन्न । सरकार सदैव नागरिकप्रति जिम्मेवार, उत्तरदायी हुनसक्नुपर्छ । नागरिकले सरकारबाट अनुभूति गर्न पाउनुपर्छ ।
याे सरकारबाट नागरिकले याे विपदमा के पाए, अनुभुति कति गरे, प्रतिक्रियाहरु धमाधम आउनेनै छ ।