Monday, May 4News That Matters

सरकार गठनको बिषयमा सांसद बुर्जाको असन्तुष्टी, प्रदेश सभा सदस्यबाट राजीनामा दिने चेतावनी

पूर्णपुष्टि, २४ असार ।
कोशी प्रदेश सरकारको बिषयलाई लिएर प्रदेश सभा सदस्य नारायण बुर्जा मगरले असन्तुष्टी पोखेका छन् । दुई पटक सम्म चुनाव जितेर आउँदा पनि पार्टीले मुल्याँङकन नगरेको बुर्जाले फेसवुकमा लेखेका छन् । बुर्जाको असन्तुष्टीको अवस्थालाई हेर्दा आफुलाई मन्त्री नबनाएको कारण असन्तुष्टी पोखेको भन्ने बुझिन्छ । कोशी प्रदेशमा हिकमत कार्की नेतृत्वको सरकार ढले पछि काँग्रेसको नेतृत्वमा हाल पून ः सरकार गठन भएको छ ।
बुर्जाले फेसबुकमा लेखेका स्टाटस तल जस्ताको तस्तै उल्लेख गरिएको छ ।

आदरणीय आम जनसमुदाय ।
म र मेरो मतदाता माथी बारम्बार अन्याय भयो।दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङकन गर्न सकेन,कोशी प्रदेश सरकार गठन प्रति मेरो विमति छ।यसै कुरालाई मध्येनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासंग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाई सकेको छु।धन्यवाद १
नारायण बहादुर बुर्जा मगर
प्रदेशसभा सदस्य,
उदयपुर निर्वाचन क्षेत्र नं।२९क०