Tuesday, June 9News That Matters

सरकार र डा. केसी विच वार्ता सुरु

पूर्णपुष्टि, असोज २२

सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने जनाईएको छ ।

सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । त्यस्तै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ ।