Monday, April 20News That Matters

सरकारद्धारा कोभिडका लागि निशुल्क उपचार गर्ने अस्पताल तय : प्रदेश एकमा कहाँ ?

पूर्णपुष्टि, साउन १६ गते ।
कोभिडका विरामीको संख्या बढ्न थालेको छ । कोभिड संक्रमणको दर बढ्न थालेसँगै सरकारलले विरामीको निशुल्क उपचारका लागि अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अषार ३१ गतेको निर्णय अनुसार अब सरकारले तोकेको अस्पतालमा संक्रमितको निशुल्क उपचार गर्न पाउने छन् ।
सरकारले कोभिड संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका विरामीको निशुल्क उपचार गर्न अस्पताल निश्यित गरेको छ । जसअनुसार प्रदेश १ मा कोशी अस्पताल र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशूल्क उपचार हुनेछ ।