Wednesday, June 17News That Matters

सरकारबाट बाहिरने एमालेको निर्णय

पूर्णपुष्टि, फागुन १५ गते । माओवादी नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरने भएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय लिएको छ ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकाले पनि यस्तो निर्णयमा पार्टी पुगेको बताए । पौडेलका अनुसार सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको एमालेको भनाइ छ । उनले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुनेसमेत बताए ।