
उदयपुर, मंसिर ३०
नेपाल सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले सरकारले लगाएको तेहेरो करलाई तत्काल फिर्ता नलिए चाँडै कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
वन समुदायलाई लगाए तेहरो करले उपभोक्ताहरुलाई समस्या बनाएको भन्दै सरकार तत्काल नसच्चिय यसको विरोधमा फेरी तत्काल उत्रिने पाठकले चेतावनी दिए ।
सोमवार गाईघाटमा विरोध र्यालीलाई सम्वोधन गर्दै पाठकले सरकारले ल्याएको वैज्ञानिक वन व्यवस्थापनको कानुन उपभोक्ताहरुलाई नचाहिएको बताएको छ । सरकारको वैज्ञानिक वन व्यवस्थापनको कानुन उपभोक्ताहरुलाई हइना दिगो वन व्यवस्थापनको आवश्यक परेको महसुस गराए । गाईघाट स्थित उदयपुरका सबै पालिकाहरुको वन उपभोक्ता समितिहरुको उपस्थितिमा वृहत र्याली सँगै विभिन्न मागहरु राखेका छन् ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ उदयपुरको आयोजनामा बजारमा विरोध र्याली कार्यक्रम सँगै पिपलचोकमा कोणसभा भएको थियो ।
