Sunday, June 28News That Matters

सरिता गिरी सांसद र पार्टी सदस्य दुवै पदबाट चैट

पूर्णपुष्टि, असार २३ 

समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले कारबाही गरेको छ । पार्टी कार्यालयमा आज बसेको बैठकले सांसद र पार्टीबाट दवै पदबाट बर्खास्त गरेको हो ।

गिरीलाई सांसदबाट बर्खास्त गर्नुको साथै पार्टीको साधारण सदस्यबाट पनि निस्काशन गरेको पार्टीका महासचिव रामसहाय यादवले जनाकारी दिनुभयो ।

सांसद गिरीको कारबाहीको बारेमा गठन भएको कार्यदलले उनलाई कारबाही गर्न गरेका सिफारिस अनुसार कारबाही भएको जनाईएको छ ।

नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

प्रस्ताव दर्ता गराएकै दिन उनलाई सो पत्र फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । प्रस्ताव फिर्ता नलिए कारबाही गर्न बाध्य हुने पनि पत्रमा उल्लेख थियो । तर सांसद गिरीले आफ्नो प्रस्ताव फिर्ता लिनुको साटो उल्टै संविधान संशोधनका लागि भएको चुनावमा समेत अनुपस्थिति देखाएकोे थियो ।

त्यसपछि पार्टीले उनलाई ७ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । गिरीले असार १८ गते आफ्नो स्पष्टीकरण बुझाएको थियो । तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीका लागि सिफारिश गरेको थियो ।