
पूर्णपुष्टि, असार १४
तत्कालीन उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) भिम बहादुर दाहाल उदयपुर बाट सरुवा भएर नयाँ ठाउँमा नेतृत्व सम्हाल्न जाँदै छन् । आज मात्रै एसपी दाहाललको जिल्ला प्रहरी कार्यालयबाट धुमधामका साथ बिदाई भयो ।
दाहाललाई कार्यालयको कर्मचारी र प्रहरी संगठनले विदाई गर्दै आउने दिन र सरुवा भएको नयाँ ठाउँमा पनि कार्यसफलको कामना गरे ।
दाहाललाई अन्य संघ संगठन र व्यक्तिहरुले पनि विदाई गरिसकेको छ । यसै सन्दर्भमा उदयपुरलाई छाडेर जाँदै गर्दा एसपी दाहालले जाहाँ नेपाल प्रहरीलाई जनताले सहज रुपमा काम गर्ने वातावरण बनाउँछ त्यो ठाउँ अत्यान्तै क्षणिक, सहज र सेवामुखि हुने बताए ।
उनले आज आफुले उदयपुरको नेतृत्व छाडेर जाँदै गर्दा उदयपुरको एक बर्षको बसाई क्षणिक जस्तो मात्रै लागिरहेको बताए । जाँदा जाँदै उनले भने” सबै जनताहरुको चित्त बुझाउन सकिएन होला, तर पनि प्रहरीले जनताहरुको लागि गर्नै पर्ने त्यहाँको समस्या अनुरुप काम कार्वाहीहरु भने गरेको र गर्ने हर प्रयासमै आफ्नो कार्यकाल बितेको बताए ।
आज उदयपुरको बसाई थाहा नपाई बितिरहेको अवस्थामा यस्तो सकरात्मक बसाई हुनुका कारणहरु प्रहरी भित्रको कर्मचारीहरु सँगको सहज काम र जनताहरु प्रतिको प्रहरी संगठनहरुको लगाव रहेको दाहालले बताए ।
बिदाई कार्यक्रममा बोल्दै दाहालले भने” तपाई सम्पूर्ण प्रहरी कर्मचारिहरुको साथ सहयोगले नै आज उदयपुरको बसाई सुखद्, सफल र आरमरहिद रहेको बताए ।
दाहालले उदयपुरका सबै क्षेत्रहरुले काममा सहज बनाईदिएको र यहाँको जनताहरु आफैमा अपराधमुखि सोचाईले अपराधका ठुलो समस्याहरु आईनपरेको बताउनुभयो ।
उदयपुरमा राष्ट्रिय इसुको खासै अपराधहरु नभएको दाहाले बताए । यहाँ ठुला केस लुटपाट, हत्या, अपहरण जस्ता केसहरु नरहेको र अन्य समस्याहरुमा आफुले थुप्रै कामहरु गरेको बताउनुभयो ।
दाहालले यहाँको मुख्य समस्या भनेको सामाजिक अपराधहरु भने अत्यादिक समस्याको रुपमा रहेको बताउनुभयो । जस्तै बलत्कार, लागुऔषाध, प्राकृतिक स्रोत दोहन र अन्य सामान्य समस्याहरु भने रहेको बताउनुभयो । जाँदाजाँदै दाहालले बिशेष रुपमा उदयपुरमा लागुऔषाधको समस्या अत्यादिक रहेको र प्राकृतिक दोहन पनि असाधै रहेको बताउनुभयो । आफ्नो कार्याकलामा दाहालले यस सम्बन्धि धेरै कामहरु गरेको बताउनुभयो ।
लागुऔषाध सप्लाईको अवस्था जिल्लामा अत्यादिक रहेको भएपनि केहि हद सम्म कम बनाउ सकेको उहाँले बताउनुभयो । लागुऔषाध ओसार पसारमा संलग्न प्रहरीले १५५ जनालाई कर्वाही गरेको र ६० भन्दा बढी प्रयोगकर्ताहरुलाई पनि कर्वाहीको दायरामा ल्याएको बताए ।
दाहालले लागुऔषाध दुव्र्यसनको घटनाको सजाएको पहिलो प्राथामिकता जनचेतना रहेको भन्दै यसको निराकरण गर्न नसकेपनि न्युनिकरण भने गर्न सकिने बताउनुभयो । दुव्र्यसनमा फसेकाहरुलाई पुलिसले पक्रेर कर्वाही गरेर मात्र नहुने र यसका लागि व्यक्ति परिवार, समाज नै सचेत हुनु पर्ने उहाँले जोड गर्नुभयो । तर पनि हामिले जति सक्दो कार्वाहिको दायराबाट पनि यसको न्युनिकरण गर्न खोजेका छौँ, साथै जनचेतनाका कार्यक्रमहरु पनि गरेका छौँ उहाले भन्नुभयो ।
उसपी दाहालले जिल्लाको अर्को ठुलो समस्या लापर्वाही प्राकृतिक दोहनको समस्या रहेको पनि बताउनुभयो । उहाँले अबैधानिक प्राकृतिक दोहन संलग्न १६३ ओटा सवारी साधन पक्राउ गरेको र ५४ जनालाई भने कर्वाहीकै दायरामा ल्याइएको उहाँले बताउनुभयो ।
दाहालको सुनसरी स्थित नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखामा सरुवा भएको छ । दाहाल सरुवा भएसँगै जिल्लामा उनको ठाउँमा काठमाण्डौँ बाट सुवास चन्द्र बोहोरा आउने भएको छ ।
