Saturday, June 13News That Matters

सर्वसम्वत हुन सकेनन डा नारायण खड्का

पूर्णपुष्टि , भदौ २१ गते ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका परराष्ट्रमन्त्री डा नारायण खड्का आफ्नो निर्वाचन क्षेत्रमा सर्वसम्वत सिफारिस हुन सकेनन । उनी गत सघींय चुनावमा उदयपुरको क्षेत्र नं एक वाट निर्वाचित भएका थिए । यो पटक भने उनलाइ जिल्लाका नेताले चुनौती दिएका छन । जसका कारण उनी क्षेत्र नं एकमा सर्वसम्वत सिफारिस भएनन । डा नारायण खड्काको नाममा सहमति हुन नसकेपछि सो क्षेत्रका लागि नेपाली काग्रेसले आठ जनाको नाम प्रतिनिधीसभाको उम्मेद्धारका लागि सिफारिस गरेको छ । पहिलो नम्वरमा डा नारायण खड्काको नाम सिफारिस हुदा दोस्रो नंम्वरमा लक्ष्मी परियार, तेस्रो नम्वरमा विदुर वस्नेत को नाम सिफारिस भएको छ । यस्तै प्रमिला राइ , शान्तीदेवी चौधरी , अंकुर खड्का , शुशिल सेडाइ र डा भोगेन्द्र चौधरीको नाम सिफारीस भएको छ ।
सिफारिस भएका मध्ये डा नारायण खड्का सो क्षेत्रवाट ०६४ सालदेखी निरन्तर निर्वाचित भएका छन । यस्तै लक्ष्मी परियार प्रतिनिधीसभामा समानुपातिकबाट सभासद हुन । प्रमिला राइ यसअघि साम्सद भइसकेका छिन ।
यस्तै प्रतिनिधी सभाको समानुपातिक तर्फ सत्य नारायण चौधरी , लिला कुमारी राइ , विरेन्द्र वस्नेत , वेचुदास चौधरी , हिरालाल ठाकुर , कलावती चोधरी , सरस्वती महतारा , सत्य नारायण झा , हिरामान मोते , मोहमद इलियास मियाँ को नाम केन्द्रमा पठाएको छ ।
नेपाली काग्रेसको विधान अनुशार प्रतिनिधी सभाको सिफारिस भएका उम्मद्धारको नामावली काग्रेसको केन्द्रिय समितीले टुङगो लगाउने व्यवस्था छ ।