Thursday, May 28News That Matters

सवारी चलाए कार्वाहीको चेतावनी

गाईघाट/चैत्र, ११

कोरोना भाईरसको कारण उदयपुरको सदरमुकाम गाईघाट बजारमा गरिएको लक डाउनको पहिलो दिन सानो सवारीहरु सामान्य रुपमा चलेका छन् ।

चलेका सवारीहरुलाई ट्राफिक प्रहरी र प्रहरीले सम्झाइ बुझाई गर्दै आफ्नै गन्तव्य तर्फ फर्काउने काम गरिरहेको छ । कतिपय सर्वसाधरणहरु आवश्यक कामको शिलशिलामा बजार निस्कीएको अवस्था छ भने कतिलाई भने लक डाउनको अर्थ थाहा नभएर पनि यसको पालना गर्न नसकिरहेको बताउँछन् ।

भिँडभाँड र आवत जावत रोक्न सरकारले लकडाउन गर्नेक्रममा बिभिन्न बजार पसलहरु पूर्ण रुपमा ठप्प भएको अवस्था छ । मानिसहरु कम मात्रमा मात्र बजारमा देखिन्छ ।

ट्राफिक प्रहरीले आजको दिनमा केही समयभर सवारीहरुलाई सम्झाउने काम गरिरहेको र अटेर भएमा सवारी र चालक दुवैलाई नियन्त्रण्मा लिएर कार्वाही गर्ने समेत चेतावनी दिएको छ ।

बजारमा अति आबश्यक बस्तु तथा सवारी भन्दा सबै ठप्प रहेको छ । एम्वुलेन्स, दमकल लगाएतको साधनहरु भने चलिरहेको छ । अन्य सवारीलाई भने पूर्ण रुपमा बन्द गर्न प्रशासन ताथ नेपाल सरकारले आह्वान गरेको अवस्थामा उदयपुरको बिभिन्न बजारहरु गाईघाट, कटारी, बेल्टार, रामपुर लगाएतको मुख्य बाजारहरु पूर्ण लक डाउन अवस्थामा छ ।

फोटो फिचर