Sunday, June 28News That Matters

सवारी दुर्घटना २ जनाको मृत्यु

पूर्णपुष्टि, पुष २६

धनकुटा र मोरङका दुई  छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी धनकुटा नगरपालिका–८ की १५ बर्षीया बालिका रेबिका राईको मृत्यु भएको हो ।

आज बिहान साँढे ९ बजेको समयमा धनकुटा नगरपालिका–७ मा ट्याक्टरको ट्रलीले लागेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रदेश १ १–०२–००३ त ६१२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा ट्याक्टर अनियन्त्रीत भई पल्टिएर उक्त ट्रलीले बिद्यालय जाँदै गरेकी राईलाई ठक्कर दिंदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका–६ मा ट्याक्टरले साईकललाई ठक्कर दिंदा साईकलको पछाडी सवार रहेकी गंगा श्रेष्ठको ६ बर्षीया छोरी तृसा श्रेष्ठको मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजेको समयमा को १ त ७०३९ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिंदा बालिका गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते बालिकाको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।