Friday, May 15News That Matters

सवारी दुर्घटनाबाट एकको मृत्यु सातजना घाईते

पूर्णपुष्टि, फागुन २२ ।
ओखलढुंगाको सिद्दिचरण नगरपालिका–५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ, भने सात जना घाईते भएका छन । जिल्लाको चिसंखुगढी गाउँपालिका–३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठकोे ज्यान गएको हो, भने अन्य सात जना घाइते भएको हुन् ।
आज बिहान ८ बजे ओखलढुंगा तर्फ आउदैँ गरेको प्रदेश १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै ज्यान गएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।