Wednesday, May 20News That Matters

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

पूर्णपुष्टि, बैशाख १४
मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३८ बर्षीय कृष्ण मुखिया रहेका छन् ।

हिजो राती ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई मुखिया घाईते भएका थिए । घाईतेको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै मृत्यु भएको भन्ने सूचना प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उत्त कार्यलयले जनाएको छ ।