Wednesday, June 10News That Matters

सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु, १ जना घाईते

पूर्णपुष्टि, फागुन १० गते । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा ईटहरी–१० का ४० बर्षीय सुरेन्द्र सरदार, बेलबारी–२ का १९ बर्षीय लेखनाथ चौहान र ताप्लेजुङ श्रीजंघा गाँउपालिका–४ का ३५ बर्षीय समिर लिम्बु रहेका छन् ।

हिजो सुनसरीको ईटहरी उप–महानगरपालिका–१० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा सरदार घाईते भएका थिए । घाईते सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।

यसै गरी आज मोरङको बेलबारी नगरपालिका–१ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदाँ चौहान घाईते भएका थिए । घाईते चौहानलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ उनको मृत्यु भएको थियो । अर्का घाईते साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।

यसै गरी आज झापाको कनकाई नगरपालिका– १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाईकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड–२ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका मोटरसाईकल चालक लिम्बुको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । सबै दुर्घटनामा संलग्न सवारी साधनहरु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।