Tuesday, June 9News That Matters

सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गयो

पूर्णपुष्टि,वैशाख ३०

झापाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनमा परी दुई जनाको ज्यान गएको छ । कन्काई नगरपालिका–३ मा ट्रकको ठक्करबाट एकजना  पैदलयात्रीको ज्यान गएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका–७ की ७१ वर्बाीया कमला माया कामीलाई ठक्कर दिंदा कामीको घटनास्तलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैैगरी झापाकै मेचीनगर नगरपालिका–१० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको ज्यान गएको छ । बुधवार राती सवा ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत  भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा मोटरसाईकल चालक मेचीनगर नगरपालिका–१२ का ३० वर्षीय कुजैहाङ लिम्बु घाईते भएका थिए । घाईतेलाई उपचारको लागी  बि एनड सी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा राती पौने १० बजे ज्यान गएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।