
ओखलढुङगा, पौष २२ गते ।
ओखलढुङगाको सुनकोशीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–३ को सिस्नेरीमा मोटरसाईकल दुर्घटना हुँदा शेरबहादुर मगरको मृत्यु भएको हो ।
भञ्ज्याङबाट सुनकोशी बल्खु तर्फ जाने क्रममा बा ६५ प ७४७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसी सोमबार राती साढे १० बजे दुर्घटना हुदा स्थानीय ४५ बर्षिय मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
